वंशावली Labs

पुर्खाको सम्झना, आजको प्रविधिमा

Bamsawali — नेपाली डिजिटल वंशावली (Nepali Digital Bamsawali)

वंशावलीले तपाईंको परिवारको स्मृति एकै ठाउँमा राख्छ - नाम, नाता, तिथि र कथा। पुस्ता फेरिए पनि जरा हराउँदैन।

१०३ डाउनलोड४.८★ प्ले स्टोर६ समाज दर्ता

नेपालका विभिन्न समुदायका मानिसहरू

Bamsawali एपमा के छ?

आफ्नो वंश बुझ्ने हरेक तरिका

वंशावलीले पुर्खादेखि सन्ततिसम्मको धागो एकै ठाउँमा जोड्छ - हेर्न, सोध्न, नाता खोज्न र सम्झना राख्न।

०१वंशवृक्ष

पुस्तौँपुस्ताको रुख, एउटै स्क्रिनमा

Bamsawali एपमा जिजुबाजेदेखि नाति-नातिनासम्म, जति पुस्ता पनि आफ्नो परिवार बनाउनुहोस्। एउटै वंशवृक्षलाई फरक-फरक दृश्यमा हेर्दा ठूलो परिवारका सदस्य पनि सजिलै भेटिन्छन्। PDF डाउनलोड गर्नुहोस्, वा घरमा राख्न आफ्नै वंशावली फ्रेम मगाउनुहोस्।

हजुरबाहजुरआमाबुबाआमाकाकादाइबहिनी
०२Bamsa AI

Bamsawali प्रस्तुत गर्छ Bamsa AI

बोलेर वा लेखेर सोध्नुहोस् - Bamsawali को विशेष AI ले तपाईंकै वंशावली पढेर, तपाईंको थर, गोत्र र कुल अनुसार जवाफ दिन्छ।

९:४१
वंश AI
आफ्नो वंशबारे सोध्नुहोस्…“सापकोटा” थरको उत्पत्ति कसरी भएको हो ?यो थर कुन समुदायसँग सम्बन्धित छ?
वंशावली एपको एआई कुराकानी स्क्रिन
०३नाता पहिचान

हामी कसरी नाता पर्छौं?

फुपूलाई आन्टी वा दिदी भन्ने गल्ती अब हुँदैन। Bamsawali को नाता पहिचानले तपाईंको वंशवृक्षका जो-कोहीसँग तपाईंको नाता पत्ता लगाउँछ, अनि भन्दिन्छ उहाँलाई के भनेर बोलाउने - ठीक नेपाली नाता-शब्दमै।

वंशावली एपले नाता पहिचान गरेको स्क्रिन — माइजू

कसरी सुरु गर्ने

तीन चरणमा, आफ्नो वंशावली

  1. ०१

    Bamsawali डाउनलोड गर्नुहोस्

    एन्ड्रोइड र आईफोन दुवैमा निःशुल्क - प्ले स्टोर वा एप स्टोरबाट Bamsawali झिक्नुहोस्, नेपाली भाषामै।

  2. ०२

    परिवार थप्नुहोस्

    आफूबाट सुरु गर्नुहोस् - आमाबुबा, हजुरबा-हजुरआमा, अनि जति माथि पुग्न सकिन्छ। Bamsawali ले हरेक नाम र तिथि एकै ठाउँमा राख्छ।

  3. ०३

    नाता खोज्नुहोस्, साझा गर्नुहोस्

    Bamsawali ले जो-कोहीसँगको नाता कसरी जोडिन्छ देखाउँछ। परिवारलाई निम्तो पठाउनुहोस् - वंशावली सँगै बढ्छ।

किन वंशावली

परिवारहरूले आफ्नो जरा यहीँ सुरक्षित राख्न थालेका छन्

१०३डाउनलोड
समाज दर्ता
४,०००+नाता पत्ता लागे
४.८★प्ले स्टोर रेटिङ

सोधिने प्रश्न

जान्न चाहेका कुरा

Bamsawali, Bansawali र Banshawali — के फरक छ?

कुनै फरक छैन। वंशावली शब्दलाई रोमन लिपिमा लेख्ने एउटै तरिका छैन, त्यसैले मानिसहरूले Bamsawali, Bansawali, Banshawali, Vanshavali, Vansawali, Banshabali, Bansabali, Vamshavali, Wanshawali, Wansawali लगायत फरक-फरक हिज्जे लेख्छन्। सबैले एउटै अर्थ जनाउँछन्। हाम्रो ठेगाना www.bamsawali.com हो, तर तपाईंले जुनसुकै हिज्जे खोजे पनि यही प्लेटफर्ममा आइपुग्नुहुने छ।

वंशावली (bansawali) भनेको के हो?

वंशावली भनेको पुर्खादेखि वर्तमान पुस्तासम्मको वंश परम्पराको अभिलेख हो। यसले कुन पुस्तामा को जन्मियो, कसको सन्तान को हो, र परिवारका सदस्यहरूबीचको नाता कस्तो छ भन्ने देखाउँछ। परम्परागत रूपमा यो हातले लेखिएको पुस्तिकामा राखिन्थ्यो; Bamsawali एपले त्यही अभिलेखलाई वंशवृक्ष, Bamsa AI र नाता पहिचानसँगै डिजिटल रूपमा सुरक्षित राख्छ।

एपमा बनाएको वंशावली PDF मा डाउनलोड गर्न सकिन्छ?

सकिन्छ। वंशावली बनाइसकेपछि Bansa Coin प्रयोग गरेर त्यसको PDF डाउनलोड गर्न सकिन्छ। साथै, आफ्नो परिवारको वंश समेटिएको व्यक्तिगत फ्रेम पनि मगाउन सकिन्छ।

अनलाइन वंशावली कसरी बनाउने?

Bamsawali एप डाउनलोड गर्नुहोस्, आफ्नो नाम राख्नुहोस्, र बुबा, बाजे तथा सन्तानहरू थप्दै जानुहोस्। नाम, जन्म मिति, गोत्र र तस्बिर थप्न सकिन्छ, र तयार भएको वंश वृक्ष परिवारका सदस्यहरूसँग साझा गर्न मिल्छ।

वंशावली एप कुन फोनमा चल्छ?

एन्ड्रोइड र आईफोन दुवैमा। गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट डाउनलोड गर्नुहोस्।

Bamsa AI ले के-के जवाफ दिन्छ?

Bamsa AI ले तपाईंको आफ्नै वंशवृक्ष पढेर जवाफ दिन्छ - को कसको के नाता, कुन पुस्ता, थरको उत्पत्ति। नेपालीमै सोध्नुहोस्, नेपालीमै जवाफ पाउनुहोस्।

नाता पहिचान कसरी काम गर्छ?

वंशवृक्षमा जो-कोहीलाई छान्नुहोस् - एपले तपाईं र उहाँबीचको पूरा शृंखला पछ्याउँछ र नेपाली नाता-शब्दमै भन्दिन्छ: माइजू, मामा, भान्जा, फुपू।

हातले लेखिएको वंशावलीलाई डिजिटल कसरी बनाउने?

तलको समाज दर्ता फारम आवश्यक विवरणसहित भर्नुहोस्, वा +977 9851421327 मा फोन गर्नुहोस्, वा [email protected] मा इमेल पठाउनुहोस्। हाम्रो टोलीले सम्पर्क गरी पुरानो चोपडादेखि एपसम्मको यात्रामा सुरुदेखि अन्त्यसम्म सघाउनेछ।

आफ्नो खाता र डेटा मेटाउन सकिन्छ?

सकिन्छ। एपभित्रबाट, वा खाता मेटाउने पृष्ठ बाट अनुरोध पठाउनुहोस्। विवरण गोपनीयता नीतिमा छ।

आफ्नो जरा चिन्न तयार हुनुहुन्छ?

वंशावली एपमा आफ्नो वंशवृक्ष बनाउनुहोस्, नाता पत्ता लगाउनुहोस् र पुर्खाको सम्झना एकै ठाउँमा सुरक्षित राख्नुहोस् - नेपालीमै, तपाईंकै मोबाइलमा।

App Store download badgeGoogle Play download badge
वंशावली एपको वंशवृक्ष स्क्रिन

समाजका लागि

आफ्नो समाज वंशावलीमा दर्ता गर्नुहोस्

थर, कुल वा समाजको वंशावली डिजिटल बनाउन चाहनुहुन्छ? तलको विवरण छाड्नुहोस् - हाम्रो टोलीले सम्पर्क गरी पुरानो चोपडादेखि एपसम्मको यात्रामा सुरुदेखि अन्त्यसम्म सघाउनेछ।